रुससँगको भिडन्तमा अहिलेसम्म १ सय ९८ युक्रेनीको मृत्यु

नेपालभ्युज

रुससँगको भिडन्तमा अहिलेसम्म १ सय ९८ युक्रेनीको मृत्यु

एजेन्सी। युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ। युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो। मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको जानकारी दिएका छन्।

पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ।

देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छाडेर कतै नजाने प्रतिबद्धता जनाइसकेका छन्।

अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, “यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन। म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु।”

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका जेलेनेस्कीको यस्तो प्रतिबद्धताको सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved