मनाङसँग बराबरी खेल्दै शहीद स्मारक लिगमा आर्मी दोस्रो

पुलिसलाई हराउँदै एनआरटी तेस्रो

नेपालभ्युज

मनाङसँग बराबरी खेल्दै शहीद स्मारक लिगमा आर्मी दोस्रो

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै त्रिभुवन आर्मी क्लबले यस वर्षको शहीद स्मारक लिगमा दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ।

अघिल्लो (२०७६ साल) मा पनि आर्मी दोस्रो भएको थियो। लिगको अन्तिम दिन शनिबार दशरथ रंगशालामा मनाङ र आर्मीले १-१ को बराबरी खेलेका हुन्। लिग सकिँदा आर्मीले १३ खेलबाट २३ अंक जोडेको हो। ऊ लिग विजेता मच्छिन्द्र क्लबभन्दा ९ अंकले पछि पर्‍यो।

शनिबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै न्युरोड टिम आर्मीले लिगमा तेस्रो स्थान बनाउन सक्यो। आर्मीसँग समान २३ अंक बनाए पनि ऊ हेड टु हेडमा पछि परेको हो।

लिगमा २१ अंक जोडेको सातदोबाटो युथ क्लब चौथो र २१ नै अंक जोडेको मनाङ पाँचौं भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved