काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले मार्गप्रशस्त गर्नुपर्ने शर्त कांग्रेससामु राखेका छन्। ओली निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीले यस्तो शर्त राखेका हुन्।
देउवाले एमसीसीको पक्षमा उभिन प्रस्ताव गरेका थिए। जवाफमा ओलीले एमसीसीबारे एमाले अनिर्णित नरहने बताए। एमालेले स्पष्ट ढंगले आफ्नो निर्णय दिन्छ, तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण बनाउनुपर्यो’, छलफलमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने।
एमसीसीलाई लिएर सत्ता गठबन्धन विभाजित भइरहेका बेला प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल एमालेसँगको छलफल तीव्र पारेका हुन्। शुक्रबार साँझको भेटमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव शंकर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।
Facebook Comment
Comment