काठमाडौं। ‘कोग्ले’का लेखक तथा सामाजिक अभियन्ता प्रेमबहादुर बोहराले आगामी स्थानीय तहको निर्वाचनमा डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।
आफ्नो नगरपालिकालाई सुगम, सुसम्पन्न र सुव्यवस्थित बनाउने सपना देखेका उनले त्यसलाई पूरा गर्ने आफ्नै अभिभारा महसुस गर्दै बोहराले शुक्रबार ४ बजे सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।
“ठूलिभेरी नगरपालिका जे बन्न सक्थ्यो त्यो बन्न नेतृत्वबाट हुन पर्ने विधि, पद्धति र प्रक्रियामा र हुन पर्ने मात्रामा पालिकाका गतिविधि हुन नसक्दा ‘नेतृत्वमा भिजन र योजना सहितको नयाँ पुस्ता’ लाई अघि बढाउनुपर्ने र त्यसको थालनी आफैबाट गरेको” बोहराले भनाइ छ। ‘विकासमा राजनीति होइन, विकासका लागि राजनीति’ हुनुपर्ने उनको तर्क छ।
सामाजिक क्षेत्रमा दशक लामो कार्यानुभव लिएका बोहरा परिवर्तनको मूल पथ राजनीति रहेछ भन्दै पाँच वर्षअघि सक्रिय राजनीतिमा प्रवेश गरे। उनी निरन्तर रूपमा नगरपालिकाका कामकारबाहीमा पारदर्शीता र जवाफदेहितामा प्रश्न उठाउँदै आएका छन्। त्यसो गर्दा उनीमाथि सांघातिक आक्रमणसमेत भएको थियो।
शिक्षा, श्वास्थ र रोजगारीलगायत नागरिकका आधारभूत आवश्यकतालाई सम्बोधन गरी नगरबासीलाई सपना देख्न सक्षम बनाउने लक्ष्य बोकेका उनले जुनसुकै परिस्थिति सामना गरेर भए पनि आफ्नो सपना पूरा गर्नेतिर हरप्रयास गर्ने दृढता जाहेर गर्दै आएका छन्।
शिक्षा, दिगो विकास, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेका उनले निर्वाचनका लागि जनउत्तरदायी प्रशासन, अर्गानिक र जलवायुअनुकूल नगरपालिका बनाउने मुद्दा उठाएका छन्।
Facebook Comment
Comment