एमाले हुम्लाको अध्यक्षमा कलबहादुर हमाल चयन

नेपालभ्युज

एमाले हुम्लाको अध्यक्षमा कलबहादुर हमाल चयन

सुर्खेत। नेकपा (एमाले) हुम्लाका जिल्ला अध्यक्षमा कलबहादुर हमाल चयन भएका छन्। चार दिनपछि जिल्ला अध्यक्षमा हमाल चयन भएका हुन्।

सचिवको अझै टुंगो लागेको छैन। उपाध्यक्ष डबल रावत, उप सचिवमा तीर्थराज बोहरा र विमला शाही चयन भएका छन्। सचिवमा सकस भएपछि टुंगो नलागेको हो। ९० सदस्यीय हुम्ला एमाले कमिटी बन्ने भएको हो।

जिल्ला अध्यक्षका लागि तीन जनाले दाबी गरेका थिए। वर्तमान कार्यबाहक अध्यक्ष ज्ञामी बुमी, प्रदेश कमिटी सदस्य कलबहादुर हमाल र पूर्वउपाध्यक्ष डबल रावतले दाबी गरेका थिए। तीनै जना हुम्लामा स्थापित नेता भएकोले यहाँ नेतृत्व छान्न सकस देखिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved