काठमाडौं। रिद्धिसिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको निधन भएको छ।
५ फागुनमा ४५ वर्षको उमेरमा खरेलको असामयिक निधन भएको हो। नेपाली सिमेन्ट उद्योग क्षेत्रमा गुणस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउँदै आएका सफल युवा उद्यमी खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षति पुगेको छ।
२०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धिसिद्धि सिमेन्ट शंकर ग्रुप र अम्बे ग्रुपको भेन्चर हो। स्थापना कालको पाँच वर्षभित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रवर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धिसिद्धि स्थापित छ।
स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्तामाझ सफल र विश्वसनीय कम्पनी बनेको रिद्धिसिद्धिलाई स्थापित गराउनमा खरेलको अतुलनीय समर्पण छ। खरेलको अल्पायूमै भएको निधनले रिद्धिसिद्धि सिमेन्ट प्रालिले शोक व्यक्त गरेको छ।
Facebook Comment
Comment