पोखरा जाँदै केपी ओली

नेपालभ्युज

पोखरा जाँदै केपी ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) पोखरा जाँदै छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्न पोखरा जाने भएका हुन्।

ओली बिहान ११ पोखरा पुग्ने र दिउँसो २ बजे काठमाडौं फर्किने कार्यतालिका छ। अशोक राई नेतृत्वमा विभाजन भएको बेला राईसँगै गएका नेताहरु, माधव कुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टीमा गएका तथा विवेकशील साझा पार्टीबाट अलग्गिएकाहरूसहित ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने भएकाले अध्यक्ष ओली स्वयम पुगेर स्वागत गर्ने एमालेले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved