म यस्तो गीत गाउँछु २ प्रदर्शनमा

नेपालभ्युज

म यस्तो गीत गाउँछु २ प्रदर्शनमा
फाइल फोटो

काठमाडौं। कोरोना महामारीका कारण लगाइएको कारण पटक–पटक रिलिज सरेको फिल्म म यस्तो गीत गाउँछु २ अन्ततः आज शुक्रबारदेखि रिलिज भएको छ। यो एक सुपरस्टार र एक उदीयमान गायिकाको प्रेमकथामा बुनिएको फिल्म हो।

सुदर्शन थापाद्वारा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाया, गणेश गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। सुदर्शन थापा प्रोडक्सनको प्रस्तुतिमा निर्देशक थापा र नायिका पूजा शर्माद्वारा निर्मित फिल्ममा निर्देशक सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाङ्कन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ। चलचित्र रिलिजको समयमा विभिन्न खालका समस्या उत्पन्न भए पनि दर्शकले माया गर्ने फिल्मकी नायिका पूजा शर्माको भनाई छ। विश्वास व्यक्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved