युक्रेनमाथि आक्रमण: युद्ध नगर्न भन्दै रूसमा प्रदर्शन, सयौँ पक्राउ

आफ्नो देशले छिमेकी युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन्।

नेपालभ्युज

युक्रेनमाथि आक्रमण: युद्ध नगर्न भन्दै रूसमा प्रदर्शन, सयौँ पक्राउ

एजेन्सी। आफ्नो देशले छिमेकी युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन्। सानो छिमेकी युक्रेनमाथि आक्रमण गर्ने पुटिनको कदमको संसारका धेरै मुलुकले आलोचना हुँदै गर्दा राजधानी मस्कोमा हजारौँ मानिसहरूले युद्ध चाहिँदैन भन्दै प्रदर्शन गरेका रसिया टुडेले जनाएको छ।

उनीहरूले युद्ध गर्न नहुने नारा लगाएका छन्। प्रदर्शनकारीहरूले ’लडाइँ रोक’, ’युद्ध चाहिँदैन’, ’युक्रेन हाम्रो शत्रु होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। मस्कोसँगै सेन्ट पिटर्सबर्गलगायत अरू साना सहरहरूमा पनि प्रदर्शनहरू भएका थिए। प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ। मस्को प्रहरीले मात्रै ६ सय जनालाई पक्राउ गरेको जनाएको छ। प्रदर्शनकारीहरूले कोभिड–१९ रोक्न लगाइएका प्रतिबन्ध उल्लङ्घन गरेको प्रहरीको भनाइ छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरूद्ध सैन्य कारबाही घोषणा गरेका थिए। पुटिनको उक्त घोषणापछि युक्रेनको राजधानी किएभलगायत विभिन्न ठाउँमा रूसी सैनिकले आक्रमण गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved