नापोलीलाई उसकै मैदानमा हराउँदै बार्सिलोना अन्तिम १६ मा

बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। नापोलीमाथि शानदार जितसहित अन्तिम १६ मा प्रवेश गरेको हो।

नेपालभ्युज

नापोलीलाई उसकै मैदानमा हराउँदै बार्सिलोना अन्तिम १६ मा

काठमाडौं । युरोपा लिगमा बार्सिलोनाले नापोलीलाई उसकै मैदानमा हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। घरेलु मैदानमा १-१ को बराबरी खेलेको बार्सिलोनाले आज बिहान सकिएको खेलमा भने नापोलीलाई ४-२ गोलअन्तरले हराएको हो।

बार्सिलोनाको जितमा चारै जनाले गोल गरे। खेलको ८ मिनेटमै जोर्डी अल्बाले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने १३ मिनेटमा फ्रांक डियोङले गोल गर्दै २-० को अवस्थामा पुर्‍याएका थिए। त्यस्तै पहिलो हाफको निर्धारित समयको अन्त्यतिर जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना ३-१ को अवस्थामा थियो।

त्यसअघि पेनाल्टीमार्फत बार्सिलोनाले एक गोल खाएको थियो। तर दोस्रो हाफमा (५९ मिनेटमा) अयुबामियाङले गोल गर्दै बार्सिलोनालाई ४-१ को अवस्थामा लगेका थिए। तर ८७ मिनेटमा पुनः एक गोल खाएपछि बार्सिलोनाले ४-२ को जित निकाल्न सक्यो।

समग्रमा बार्सिलोनाले ५-३ को जित निकाल्न सफल भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved