आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने

फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठाउन थालिने काठमाडौं महानगरको जनाएको छ।

नेपालभ्युज

आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ। फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठाउन थालिने काठमाडौं महानगरको जनाएको छ।

वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईका अनुसार बुधबार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सहमति भएको हो। हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन।

बुधबार बाटो निर्माणको काम गरिरहेको ठेकेदार कम्पनी र आन्दोलनरत स्थानीयबीच सहमति भएपछि फोहोर उठाउन बाटो खुल्ने भएको हो। ठेकेदार कम्पनीले बाटो समयमै मर्मत गर्ने लिखित प्रतिबद्धता जनाएको राईले बताइन।

११ दिनदेखि थुप्रिएको फोहोर एकैचोटि भने उठ्ने छैन। उनका अनुसार बिहीबारदेखि यसअघि नै लोड गरेर राखिएका फोहोरका गाडी पठाइनेछ। ती गाडी सँगसँगै केही ठाउँको फोहोर बिहीबारदेखि नै उठान थालिनेछ।११ दिनदेखि फोहोर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ। शहरका चोक र गल्लीमा दुर्गन्ध फैलिएको छ।

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved