युद्ध रोक्न माग गर्दै काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन

नेपालभ्युज

युद्ध रोक्न माग गर्दै काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले बुधबार नेपालस्थित रुसी राजदूतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ।

दिउँसो १ बजेदेखि आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीहरूले रुस : युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवर्द्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए।

प्रदर्शनपश्चात् मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो।

युद्धले लाखौ करोडौ मानिसहरूको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौ हजार सदस्य तथा शुभचिन्तकहरू अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्नका लागि मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved