शुक्रबारदेखि धेरै स्थानमा वर्षाको सम्भावना

नेपालभ्युज

शुक्रबारदेखि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं। शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पार्ने अनुमान छ। त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ। त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली भएको छ। केही स्थानमा असिना पानी परिरहेको छ। बागमती र अन्य प्रदेशमा भने आज बदली मात्रै हुने अनुमान छ।

बिहीबार एक दिन पानी पर्ने सम्भावना छैन। तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पर्ने मौसमविद्हरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved