वृशेषचन्द्र लालद्वारा लोसपा परित्याग, तमलोपाको अध्यक्ष बन्‍ने तयारी

नेपालभ्युज

वृशेषचन्द्र लालद्वारा लोसपा परित्याग, तमलोपाको अध्यक्ष बन्‍ने तयारी

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य वृशेषचन्द्र लाल र पूर्व सांसद् डा. विजय कुमार सिंहको नेतृत्वमा करीब एक सयभन्दा बढी कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन्।

तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का पूर्व केन्द्रीय सदस्यहरु र जिल्ला एवं स्थानीय तहका नेताहरुले उनीहरसँगै लोसपा परित्योग गरेका हुन्।

उनीहरु तमलोपामा प्रवेश गरेका हुन्। आगामी फागुन १५ गते तमलोपाको राष्ट्रिय सम्मेलन गरी पार्टी वृशेषचन्द्र लाल अध्यक्ष र वरिष्ठ नेता डा. विजय कुमार सिंह रहने तयारी गरिएको छ।

लोसपा परित्याग र पार्टी प्रवेश कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता लालले मधेश र मधेशीको मुद्दा दलहरुले छाडेका हुनाले आफूहरु सो पार्टी परित्याग गर्न बाध्य भएको बताए।

त्यसैगरी अर्का नेता डा‍‍. सिंहले तमलोपालाई क्षेत्रीय पार्टीको रुपमा विकसित गरिने बताए। उनले क्षेत्रीय पार्टीहरु जीवित रहेको खण्डमा मात्र संघीयता मजबुत धारणा राखे।

‘‘मधेशका राजनीतिक दलहरु जनताको विद्रोहपूर्ण संघर्ष र बलिदानलाई सम्बोधन गर्न सकेन, त्यसैले जनताको संघर्ष र बलिदानलाई सम्बोधन गर्न वृहत राजनीतिक शक्तिको निर्माण गर्ने विषयलाई नयाँ पार्टीले आफ्नो मुख्य एजेण्डा बनाउनेछ,’’ डा‍. सिंहले भने।

मधेशको चाहना र आवश्यकता अनुसार तमलोपालाई बलियो बनाउने र यस क्षेत्रको भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैलीको उत्थानका लागि कार्य गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved