प्रदेशसभाको बैठक १५ फागुनमा, प्रदेश नामकरणको प्रस्ताव पेश हुने

नेपालभ्युज

प्रदेशसभाको बैठक १५ फागुनमा, प्रदेश नामकरणको प्रस्ताव पेश हुने

विराटनगर। प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गते हुने भएको छ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उक्त दिन दिउँसो १ बजे बैठक डाकिएको जानकारी दिए। बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव गर्ने तयारी गरिएको छ।

सरकारसँग प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगित थियो। अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ।

गएको १ मंसीरमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved