नेपाल र युएई सेमिफाइनलमा भिड्दै: विश्वकपमा पुग्न जित्नै पर्ने

नेपालले आज आइसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युएईको सामना गर्दैछ। सेमिफाइनल खेल नेपाली समय अनुसार अपराह्न पौने चार बजेदेखि शुरु हुनेछ।

नेपालभ्युज

नेपाल र युएई सेमिफाइनलमा भिड्दै: विश्वकपमा पुग्न जित्नै पर्ने

काठमाडौं। नेपालले आज आइसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युएईको सामना गर्दैछ। सेमिफाइनल खेल नेपाली समय अनुसार अपराह्न पौने चार बजेदेखि शुरु हुनेछ।
युएईसँग नेपालले अहिलेसम्म कुल ४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा नेपालले दुई जित हासिल गरेको छ। युएईले २ जित पटक हासिल गरेको छ। पछिल्लो पटक ग्लोबल क्वालिफायर अघि सम्पन्न चार देशीय सिरिजमा नेपाललाई युइएले २५ रनले पराजित गरेको थियो।
तर, ग्लोबल क्वालिफायरमा भने नेपालको प्रदर्शन उत्कृष्ट रहेको छ। नेपालले समूह चरणमा खेलेका तिनै खेलमा सहज जित हासिल गरेर सेमिफाइनल यात्रा तय गरेको छ । अर्कोतर्फ युएईले भने समूह चरणमा २ जित र एक हार बेहोरेको थियो।

उत्कृष्ट बलिङ हतियारकै कारण नेपाल पहिलो पटक सन् २०१४ को टी–ट्वान्टी विश्वकपमा छनोट भएको थियो। अब एक खेल जित्नसके नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना साकार हुनेछ। अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकपको टिकट पक्का गर्ने निर्णायक सेमिफाइनल खेलमा भोलि नेपालले युएईको सामना गर्दैछ।

अघिल्लो पटकजस्तै यो पटक पनि नेपालको विश्वकप यात्रामा बलिङकै ठूलो भर छ। नेपाल जारी छनोट प्रतियोगिताको एक मात्र अपराजित टिम हो, हरेक खेलमा नेपाललाई जिताउन बलरहरूकै भूमिका महत्त्वपूर्ण रह्यो।
हुनतः ओमान जानुअघि नेपालको बलिङभन्दा ब्याटिङ पक्ष उत्कृष्ट रहेको विश्लेषण गरिएको थियो, जो गलत साबित भयो। बरु, बलरहरू निकै फर्ममा देखिए। विश्वकप छनोटको समूह चरणमा नेपालले तीनवटै खेलमा विपक्षीलाई १ सय रन कटाउन दिएन।

नेपालले आयोजक ओमान र क्यानडासँगको खेल जितेको नै उत्कृष्ट बलिङको मद्दतले थियो। ओमानलाई ८२ रनमा अल–आउट गरेको नेपालले क्यानडालाई ८० रनमा रोकेको थियो।

यी दुवै खेलमा नेपालको ब्याटिङ प्रदर्शनलाई राम्रो मान्न सकिन्न। ओमानसँग सुरुआत ब्याटिङ गरेको नेपालले २० ओभरमा मात्र ११७ रन बनाउन सकेको थियो।

तुलनात्मक रुपमा कमजोर फिलिपिन्ससँग भने नेपालले बलिङ र ब्याटिङ दुबैमा सानदार खेल देखाएको थियो। जसमा ब्याटिङमा २१८ रन जोडेको नेपालले शानदार बलिङ गर्दै फिलिपिन्सलाई ८२ रनमा समेटेको थियो।

अब सेमिफाइनल खेलमा पनि नेपालले बलिङ स्तरलाई निरन्तरता दिनु त छँदै छ नै ब्याटिङमा पनि व्यापक सुधार ल्याउनुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved