धनगढी। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरद्धारा सञ्चालित (इको÷आइओएम) परियोजनाको परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको छ।
युरोपेली युनियनको मानवीय सहयोगको सहयोग, (आईओएम) नेपालको नेतृत्वमा, ‘सेभ द चिल्ड्रेन’ तथा एनएनएसडब्लुएको साझेदारीमा सञ्चालित–‘कोभिड–१९ विरुद्ध द्रुत प्रतिकार्य र पूर्व तयारीका निम्ति आइसोलेशन केन्द्र र सिमानाकाको सवलीकरण मार्फत प्रभावकारी केस व्यवस्थापन’ कार्यक्रम अन्तर्गत सिमानाका तथा आइसोलेशन केन्द्रको सबलीकरण कार्यक्रमको परिचयात्मक गोष्ठी पुर्नवास नगरपालिकामा सम्पन्न भएको हो।
कार्यक्रममा (आईओएम) नेपालबाट परियोजना व्यवस्थापक उमा नेपाल, सेभ द चिल्ड्रेनबाट संजिवकुमार शाक्य र प्रज्वल खतिवडाले सिमानाका व्यवस्थापनाबारे आफ्नो धारणा राखेका थिए।
सो कार्यक्रमअन्तर्गत स्वास्थ्य सामग्रीहरु पुर्नवास नगरपालिकाका र सीमा स्वास्थ्य चौकी गौरीफन्टालाई (आईओएम) नेपालकी प्रतिनिधि उमा नेपालले हस्तान्तरण गरेकी थिइन् । साथै हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री पुर्नवास नगरपालिकाका उप प्रमुख शारदा शर्मा बिष्टले जिल्ला स्वास्थ्य कार्यालय कैलालीलाई हस्तान्तरण गरेकी थिइन्।
पुर्नवास नगरपालिकमा भएको गोष्ठी कार्यक्रममा कोभिड–१९ विरुद्ध द्रुत प्रतिकार्य र पूर्व तयारी तथा कोभिड संक्रमण नियन्त्रणको लागि भएको तयारी, प्रयास र चुनौतीहरुको बारेमा छलफल भएको थियो।
कार्यक्रममा गौरीफन्टा सिमानाकामा आवतजावत गर्ने यात्रुको लागि खानेपानी आपूर्ति, स्वास्थ्य तथा सरसफाई सवलिकरण, स्तनपान कक्ष तथा आराम गर्ने सुरक्षित ठाउँका लागि आवश्यक संरचना निर्माण हुने एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले जानकारी दिए।
त्यस्तै, निर्माण हुने संरचना प्रयोग तथा सञ्चलान गर्ने र सामग्री तथा भौतिक संरचनाको सवलीकरणको प्रक्रियाका लागि समन्वय र सहजीकरण गर्ने निर्णय समेत भएको उनले बताए। उक्त परियोजनाले सुदूरपश्चिमका दुई सिमानाका गडाचौकी र गौरिफन्टा तथा कञ्चनपुरका दुई नगरपालिका पुर्नवास र भीमदत्त नगरपालिकालाई सहयोग गरेको निर्देशक जैरुले बताए।
कार्यक्रम हस्तान्तरण गरिएको स्वासस्थ्य सामाग्री बुझदै पुर्नवास नगरपालिकाकी उप प्रमुख शारदा शर्मा बिष्टले गौरीफन्टा सिमानाकामा विगतभन्दा धेरै प्रगति भएको बताइन्।
उनले सीमामा नेपालीहरुले भोग्नु परेको समस्या र स्वास्थ्य सुरक्षाका सामानहरुको अभाव हुन नदिन सबै संघ संस्थाले सहयोग गरिरहेको बताइन्। उनले कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनको लागि सबैले सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताइन्।
कार्यक्रममा जनप्रतिनिधी, सञ्चारकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो।
Facebook Comment
Comment