नेपालको शानदार बलिङ : क्यानेडा ८० रनमै अलआउट

नेपालभ्युज

नेपालको शानदार बलिङ : क्यानेडा ८० रनमै अलआउट
फाइल तश्वीर

काठमाडौं । टी-ट्वान्टी विश्वकप २०२२ को छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र क्यानेडाबीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको क्यानेडा नेपाली बलरहरूसामु निरीह देखिएको छ।

केवल १५ ओभरमा ८० रन बनाउँदै क्यानेडा अलआउट भएको छ। नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा केवल १२ रन खर्चिएर ३ विकेट लिएका छन्। त्यसैगरी अनिनाश बोहराले ३ ओभरमा ७ रन दिएर २ र कमल सिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।

४८ रन बनाउँदा ९ विकेट गुमाइसकेको क्यानेडाले अन्तिम विकेटका लागि भने ३२ रनको साझेदारी गरेर बल्लतल्ल ८० रन जोडेको हो। क्यानेडाबाट नवौं नम्बरमा ब्याटिङ गर्न आएका डिलोन हेलिगरले अविजित २४ रन बनाए। ७ जना ब्याटस्म्यानले यस खेलमा दोहोरो अंक बनाउन सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved