टी २० छनोट प्रतियोगिता : आयरल्यान्ड र युएई सेमिफाइनलमा

नेपालभ्युज

टी २० छनोट प्रतियोगिता : आयरल्यान्ड र युएई सेमिफाइनलमा

काठमाडौं । आयरल्यान्ड र युएईले टी २० विश्वकप क्रिकेट २०२२ को छनोट प्रतियोगितामा सेमिफाइनल यात्रा गरेका हुन्। समूह ए बाट विजेताका रुपमा आयरल्यान्ड र उपविजेताका रुपमा युएई सेमिफाइनल पुगेका हुन्।
अन्तिम खेलमा बहराईनसँग युएई ३ रनले पराजित भएको थियो।

यससँगै आयरल्यान्ड, युएई र बहराईन तीनवटै टिमको तीन खेलबाट समान ४ अंक भयो। तर, अन्तिम खेल हारेपनि युएई रनरेटका आधारमा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो।

यस खेलको नतिजासँगै रनरेटकै आधारमा आयरल्यान्ड समूह विजेता बन्यो। प्रतियोगिताअन्तर्गत समूह बीको अन्तिम खेलमा नेपालले आज क्यानेडाको सामना गर्नेछ। नेपालको सेमिफाइनल यात्राको टुंगो यही खेलले लगाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved