सुर्खेत। मुगुको छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने तिर्प, लह र लापु गाउँका १३३ घरधुरीमा ग्याँससहित चुलो वितरण गरेको छ। तिर्प गाउँका ५७ घरधुरी र लह, लापु गाउँका ७६ घरधुरीमा ग्याँस चुलो वितरण गरेको हो।
‘गरिबसँग नगर प्रमुख कार्यक्रम’ दाउरा नपाउने छायाँनाथ रारा नगरपालिकाले तिर्प, लह र लापु गाउँका १३३ घरधुरीमा ग्याँस चुलो वितरण गरेको नगरपालिकाले जनाएको छ। तिर्प गाउँमा आइतबार, लह र लापु गाउँ केही समय पहिले ग्याँस चुलो वितरण गरिएको नगरपालिकाले जनाएको हो।
दाउराको सधैँ अभाव हुने गाउँमा ‘एक घर एक ग्याँस चुलो’ सहयोग गरेको, ग्याँस चुलो खरिदका लागि नगरपालिकाले करिब ७ लाख रुपैयाँ खर्च गरेको नगर प्रमुख हरीजंग शाहीले शाहीले बताए। ‘‘हरिया जङ्गल मासिँदै जान थाले। दाउराको अभाव हुन थाल्यो। जङ्गल बचाउन र दाउराको अभाव टार्नका लागि ग्याँस चुलो वितरण गरेका हौँ’’ उनले भने, ‘‘ग्याँस चुलो वितरण गरेपछि जङ्गल संरक्षण पनि हुनेछ भन्ने आश गरेका छौँ। स्थानीयलाई दाउराको चिन्ता पनि हुनेछैन।’’
दाउराका लागि दिनभरि भौँतारिनु पर्ने र दाउराको समस्याका कारणले भोकै बस्नुपर्ने अवस्था आएको बेला नगरपालिकाले ग्याँस चुलो वितरण गरेर केही राहत भएको तर, भोलिका दिनमा ग्याँस भर्ने पैसा कहाँबाट ल्याउने भन्ने समस्या रहेको तिर्प गाउँकी शर्मिला मल्लले जानकारी दिइन्। ‘‘यहाँको चलन अनुसार दाउरा खोज्ने जिम्मा महिलाको रहेको छ। एक चरण त ग्याँस चुलो नगरपालिकाले सहयोग गरेर त्यो समस्या हटेको छ’’ उनले भनिन्, ‘‘भोलिका दिनमा ग्याँस कसरी भर्ने ? भन्ने समस्याले सताउन थालेको छ।’’
फ्नो गाउँमा दाउरा खोज्नका लागि जङ्गल नभएको भएको थोरै जङ्गल पनि दाउराका कारणले सखाप भएका कारणले अर्को गाउँमा दाउरा खोज्न जाँदा नदिने गरेका कारणले समस्या रहेको स्थानीय नृप मल्लले बताए।
‘‘हाम्रो गाउँमा जङ्गल थिएन । नजिकै छिमेकी गाउँका जङ्गलमा दाउरा खोज्न जाँदा दाउरा दिँदैनथे’’ उनले भने,‘‘अब गाउँमा भएको थोरै जङ्गल संरक्षण गर्ने र दाउराका लागि यो ग्याँसको भरपुर उपभोग गर्नेछौँ।’’
छायाँनाथ रारा नगरपालिका भित्र रारा राष्ट्रिय निकुञ्ज पनि पर्ने भएका कारणले यहाँका नागरिकमा दाउराको समस्या हुने गरेको कारणले दाउराभन्दा ग्याँस चुलो बालेर गाउँका वन जङ्गल र रारा राष्ट्रिय निकुञ्ज वन जङ्गल क्षेत्र बचाउनका लागि ग्याँस चुलो वितरण गर्ने गरिएको नगर प्रमुख शाहीले बताए।‘‘हामीले राराको सुन्दरता पनि बचाउनु परेको छ’’ उनले भने,‘नागरिकको ज्यान पनि बचाउनु परेको छ।’’
Facebook Comment
Comment