युक्रेनमा रहेका आफ्ना नागरिकलाई फर्किन भारतको आग्रह

नेपालभ्युज

युक्रेनमा रहेका आफ्ना नागरिकलाई फर्किन भारतको आग्रह

एजेन्सी। रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ। युक्रेनमा असुरक्षा बढेको भन्दै भारतले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेको छ।

युक्रेनमा बस्नै पर्ने बाध्यता नभएकाहरूलाई त्यहाँबाट फर्किन भारतको आग्रह छ। युक्रेनमा झन्डै २० हजार भारतीय नागरिक रहेका अनुमान छ। यसमध्ये सबैभन्दा धेरै विद्यार्थीहरू रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, रुस र बेलारुसले युक्रेनको सीमा क्षेत्रमा साझा सैन्य अभ्यासको अवधि बढाउने घोषणा गरेका छन्। यसले रुस पछि हट्ने सङ्केत नदेखिएको विश्लेषण गरिएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकालगायत पश्चिमा देशहरूसँग रुसको टकराव बढ्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved