नेपाली र अमेरिकी विद्यार्थीबीच ‘ड्रिम बिग च्यालेन्ज’ आयोजना हुने

नेपालभ्युज

नेपाली र अमेरिकी विद्यार्थीबीच ‘ड्रिम बिग च्यालेन्ज’ आयोजना हुने

काठमाडौं। नेपाल र अमेरिकामा स्नातक तहमा अध्ययनरत विद्यार्थीबीच दोस्रो ड्रिम बिग च्यालेन्ज–२०२२ आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीले यस कार्यक्रमको आयोजना गर्न लागेको हो।

उक्त कार्यक्रमा सहभागि विद्यार्थीलाई एक मिलिएन क्रण पाए कस्तो व्यवसाय गर्न सक्छौं भन्ने परिकल्पना गर्न लगाउने साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीका अध्यक्ष डा माधव पाण्डेले जानकारी लिए।

कार्यक्रममा नेपाली र अमेरकी स्नाकोत्तर तहमा अध्ययन गरिरहेका एक सय विद्यार्थीलाई छनोट गर्ने उनले बताए। उनका अनुसार छनोट भएका एक सय विद्यार्थीलाई २५ समूहमा बाँडिने र अमेरिकी र नेपाली विद्यार्थीले समूहमा काम गर्न लगाइन्छ।

कार्यक्रममा प्रथम हुने टिमलाई तीन हजार डलर, द्वितीय हुने टिमलाई २ हजार डलर र तृतीय हुने टिमलाई १ हजार डलरले पुरस्कृत गर्ने गैरआवसीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए।

कार्यक्रममा सहभागी विद्यार्थीले रचनात्मक, सिजनात्मक हुने र एकले अर्को देशको सिक्ने शैली बुुझ्ने अवसर पाउने उनको धारणा छ। कार्यक्रममा स्नाकोत्तर तहमा अध्ययन गर्ने इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने डा पाण्डेले बताए।

फारम भर्न इच्छुक विद्यार्थीले एनआरएनए मेल गर्न सक्ने र ५ अप्रिलसम्म फारम भर्न मिल्ने डा पाण्डेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved