मानवअधिकार उल्लंघनका घटनामा सुधार हुन सकेन

मानवअधिकारमा सामान्य सुधार आए पनि कारागारमा मृत्यु हुने, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी दर्ता भएको पाइन्छ। जातीय विभेदका घटना भने धेरै भएको देखिन्छ।

नेपालभ्युज

मानवअधिकार उल्लंघनका घटनामा सुधार हुन सकेन

कर्णाली। कर्णालीमा मानवअधिकार उल्लंघन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन। अधिकार उल्लंघनमा ज्यादतिका घटना धेरै छन्।

सन् २०२१ को तथ्यांकलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए। मानवअधिकार उल्लंघनका कुल ४३० घटनामा ज्यादतिका धेरै छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगर सुर्खेतमा सार्वजनिक गरेको वर्ष पुस्तक सन् २०२२ को तथ्यांकानुसार ३२० महिला र ७६ पुरुषमा गरी ३९६ ज्यादतिका घटनाबाट पीडित भएका छन्।

त्यस्तै पीडित भएकामध्ये चार महिला र ३० पुरुष गरी ३४ पीडित रहेको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिए। यो तथ्यांकमा विगतभन्दा केही सुधार भएको इन्सेकले निष्कर्ष निकालेको छ। सन् २०२० मा मानवअधिकार उल्लंघनका घटनामा सात महिला र ५१ पुरुषसहित ५८ जना पीडित भएका थिए। उक्त वर्षमा ज्यादतिका घटनामा ३३२ महिला र ९४ पुरुषसहित ४२६ पीडित भएका थिए।

इन्सेकको तथ्यांकलाई आधार मान्दा प्रदेशको मानवअधिकारमा सामान्य सुधार आए पनि कारागारमा मृत्यु हुने, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी दर्ता भएको पाइन्छ। जातीय विभेदका घटना भने धेरै भएको देखिन्छ। सन् २०२१ मा दुई जनाको कारागारमा मृत्यु, २० महिला र १४ पुरूष गरी ३४ जनाको हत्या भएको र धम्कीका घटनाबाट १२ पीडित भएको इन्सेकको अभिलेखमा पाइन्छ।

मानवअधिकार उल्लंघनका घटनाबाट यहाँका ८३ बालिका र एक बालकसमेत पीडित भएका जनाइएको छ। उल्लंघनका घटनामा सबैभन्दा बढी महिला पीडित भएको देखिएको संयोजक सुवेदीले बताए। यसअन्तर्गत महिला हिंसाका घटनामा २०५, बलात्कारमा ८०, बलात्कार प्रयासका घटनामा छ र यौन दुर्व्यवहारका घटनामा २९ गरी ११५ जना पीडित रहेको उनको भनाइ थियो।

उनका अनुसार जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले व्यवस्थापनमा समस्या भएको पाइएको छ। दश जिल्लाका कारागारको क्षमता ६८६ हुनुपर्नेमा सन् २०२१ को अन्त्यमा एक हजार ९८ कैदीबन्दी कारागारमा रहेको इन्सेको तथ्यांकमा उल्लेख छ। कैदीबन्दीले न्यूनतम मानवअधिकारको उपभोग गर्न नपाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved