कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले नजाने

सभामुख अग्निप्रसाद सापकोकाटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज पनि एमाले नजाने भएको छ।

नेपालभ्युज

कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले नजाने

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोकाटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज पनि एमाले नजाने भएको छ।

सभामुख सापकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। प्रतिनिधिसभा बैठक बस्नुअघि परामर्श समितिको बैठक बोलाइएको छ।

बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ। बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ।

यसैबीच, संसद् अवरोध जारी राख्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved