युरोपमा आँधी: कम्तीमा १६ जनाको मृत्यु

युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको ज्यान गएको छ। तीव्र गतिमा हावा चल्दा संचनाहरु भत्किएका छन्।

नेपालभ्युज

युरोपमा आँधी: कम्तीमा १६ जनाको मृत्यु

काठमाडौं। युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको ज्यान गएको छ। तीव्र गतिमा हावा चल्दा संचनाहरु भत्किएका छन्।
बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको बीबीसीले जनाएको छ।
तीव्र गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन्। यस्तै हावाले भग्नावशेषहरु पनि उडाएको छ। दशौँलाख घर तथा व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ । यातायात सञ्जाल टुटेको छ। शुक्रबार आँधीका कारण करिब २०० किलोमिटर प्रतिघण्टाको दरमा हावा चलेको थियो।
नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको ज्यान गएको छ। पोल्याण्डमा पनि चारजनाको ज्यान गएको छ। इंग्ल्याण्डमा तीन, जर्मनीमा दुई तथा बेल्जियममा दुईजनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । रिपब्लिक अफ आयरल्याण्डमा एकजनाको ज्यान गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved