स्पेनिस लालिगा : शीर्ष स्थानमा रियललाई ७ अंकको अग्रता

स्पेनिस लालिगा फुटबलको शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियलले अलाभेसमाथि ३–० को जित निकाल्दै उपाधि होडमा आफ्नो प्रभाव कायम राखेको छ।

नेपालभ्युज

स्पेनिस लालिगा : शीर्ष स्थानमा रियललाई ७ अंकको अग्रता

स्पेनिस लालिगा फुटबलको शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियलले अलाभेसमाथि ३–० को जित निकाल्दै उपाधि होडमा आफ्नो प्रभाव कायम राखेको छ।

रेलिगेशन जोनमा सङ्घर्षरत रहेको अलाभेसविरुद्ध पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि रियलले दोस्रो हाफमा भने तीन गोल गर्दै प्रभाव कायम राखेको हो।

कार्लोस एन्सेलोटीको रियलले ६३ औ मिनेटमा मार्को एसेन्सियोको गोलमार्फत गोलविहीन अवस्थाको अन्त गरेको थियो। भिनिसीयस जुनियरले टीमका लागि ८० औ मिनेटमा दोस्रो गोल गर्दै रियलले अग्रता दोब्बर बनाए।

टीमका लागि तेस्रो गोल भने करिम बेन्जामाले इन्जुरी समयमा पेनल्टीमार्फत गरेका थिए। खेलमा रियलले अलाभेसलाई पूर्ण रुपमा दबाबमा राखेको थियो। जितपछि रियलको २५ खेलबाट ५७ अङ्क भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved