भारतमा घट्दै कोरोना प्रभाव, १८ हजार संक्रमित थपिए, मृतक पनि घट्दै

मृतकको संख्या लुकाइएको आरोप लागेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ४८८ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालभ्युज

भारतमा घट्दै कोरोना प्रभाव, १८ हजार संक्रमित थपिए, मृतक पनि घट्दै

काठमाडौं। मृतकको संख्या लुकाइएको आरोप लागेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ४८८ जना कोरोना संक्रमित थपिएका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार यही अवधिमा ३८ हजार २११ जना निको हुँदा मृत्यु हुनेको संख्या ६७३ रहेको छ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या २ लाख ३३ हजारमा झरेको छ। यता पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। ७ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको छ।

यस अवधिमा १५ लाख २७ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ करोड ३४ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३४ करोड ३ लाखभन्दा धेरै निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved