विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार ७ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको छ।

नेपालभ्युज

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार ७ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको छ।
यस अवधिमा १५ लाख २७ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ करोड ३४ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३४ करोड ३ लाखभन्दा धेरै निको भएका छन्।

२४ घण्टामा मात्रै १ लाख ४४ लाख संक्रमित निको भएका छन्। अझै पनि विश्वभर ६ करोड ९२ लाख सक्रिय संक्रमित रहेकामा १ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ८ करोड ६० हजारमा संक्रमण पुष्टि हुँदा ५ करोड १५ लाख निको भएका छन्। ९ लाख ५ हजारको भने मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved