केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै चार लाख नगद पुरस्कार प्राप्त गरे। पोखरा म्याराथनमा कोसगेईले निकालेको समय कीर्तिमानी हो।

नेपालभ्युज

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

पोखरा। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्।

महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईँले रक्षा गरेकी छन्। नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको कीर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन्।

उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन्। १५ औँ संस्करणमा जापानिज धावकले उपाधि जितेका छन्।

केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै चार लाख नगद पुरस्कार प्राप्त गरे। पोखरा म्याराथनमा कोसगेईले निकालेको समय कीर्तिमानी हो।

यसअघि, नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए। जुन कीर्तिमानलाई केन्याली धावकले तोडेका हुन्।

खुला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो। सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पूरा गर्दै दुई लाख नगर राशीको पुरस्कार प्राप्त गरे। त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा आउँदा सशस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै चौंथो बने। पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पूरा गरेका थिए।

महिलातर्फको हाफ म्याराथनको उपाधि प्रसाईँले दोस्रो पटक उचाल्दा सशस्त्र प्रहरी बलकी वृन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थानमा रहिन्। जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै चौंथो स्थानमा रहिन्।

खुल्ला म्याराथन विजेताले नगद चार लाख, दोस्रो हुनेले दुई लाख, तेस्रो स्थानमा रहने धावकले एक लाख र चौंथो स्थानमा रहेका धावकले भने सान्त्वना स्वरुप ३० हजार प्राप्त गरे। महिलातर्फ हाफ म्याराथन विजेताले नगद भए लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार तथा सान्त्वना स्वरुप १५ हजार नगद प्राप्त गरे।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरे। नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरालाई खेलकुद शहरसँगै खेलकुद पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित डेढ दशकदेखि म्याराथन आयोजना गर्दै आएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved