बेलायतमा दशकौंयताकै सबैभन्दा ठूलो आँधी आएको छ।
Storm Eunice बाट आएको भयंकर हावाले रूखहरू ढालेका छन्। लन्डनमा ३० वर्षकी एक महिला, ह्याम्पशायरमा २० वर्षको एक पुरुष र मर्सीसाइडमा ६० वर्षको एक वृद्धको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
युरोपका अन्य ठाउँमा पाँच जनाको पनि मृत्यु भएको जनाइएको छ। आँधीले विद्यालयहरू पनि क्षति गराएको छ। सडकमा रूखहरू ढल्दा यात्रायात पूर्णतया अवरुद्ध भएका छद्द्। घरका छानाहरू उडाएका छन् भने हजारौं नागरिक विद्युतविहीन हुन पुगेका छन्।
उच्च हावाका कारण देशभर उडान रद्द र घरमै बस्न त्यहाँकी सरकारले चेतावनी दिइएको थियो।
१२२ माइल प्रतिघण्टा को हावा बेलयतमा रेकर्ड बनेको छ। जुन Gwennap Head मा १९७९ वर्षमा आएको ११८ माइल प्रतिघण्टाको आँधीको रेकर्ड तोडिएको हो।
आँधीका कारण भएका क्षतिले खतरा निम्त्याउन सक्ने सम्भावना भएकाले चेतावनी दिइएको छ।
Facebook Comment
Comment