काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा शनिबार काठमाडौं उपत्यकाव्यापी सडक दौड प्रतियोगिता हुने भएको छ। ७२ औं प्रजातन्त्र दिवसका अवसरमा दौड आयोजना गर्न लागिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन्।
छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । काठमाडौं जिल्लाबाट १ सय, ललितपुर जिल्लाबाट ७५ र भक्तपुर जिल्लाबाट ५० गरी जम्मा २ सय २५ प्रतिस्पर्धी सहभागी हुने शर्माले जानकारी गराए।
छात्र-छात्रा दुबैमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार पाउने छन्। पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार, चौथोले ४ हजार र पाँचौंले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ।
Facebook Comment
Comment