सन्दीपले लिए ७ बलमा १६ रन, ओमानको ओपनिङ पनि चल्न सकेन

नेपालभ्युज

सन्दीपले लिए ७ बलमा १६ रन, ओमानको ओपनिङ पनि चल्न सकेन
फाइल तस्वीर

काठमाडौं। टी ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा नेपालपछि ओमानले पनि खराब शुरुआत गरेको छ।

टस हारेर ब्याटिङ गरेको नेपालले ओमानसामु ११८ रनको लक्ष्य दिएको थियो। उक्त क्रममा नेपालले ८ विकेट गुमाएको थियो। सामान्य लक्ष्य पछ्याएको ओमानको पनि शुरुआत निकै खराब रहेको छ। ओमानका कश्यप प्रजापति तस्रो बलमै डक आउट भए। त्यपछि दोस्रो ओभरको अन्तिममा आयान खान पनि आउट भएका छन्। उनलाई जितेन्द्र मुखियाले क्याच आउट गराए। नेपालका कमलसिंह ऐरीले पहिलो विकेट लिएका हुन्।

यसअघि शुरुमा ब्याटिङ गरेको नेपालले पनि गतिलो प्रदर्शन गर्न सकेन। नेपालले नौ ओभर नसकिँदै चार विकेट गुमाइसकेको थियो।

नेपालका ओपनर आशिख पहिलो ओभरमै क्याच आउट भएका थिए। उनले पाँच बलमा चार रन मात्र जोडे। त्यसपछि तेस्रो ओभरमा ८ बल खेलेर कुशल भुर्तेल पाँच रन नै बनाएर क्याच आउट भए। त्यसपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १५ बलमा १५ रन बनाएर बोल्ड भए।

त्यस्तै दीपेन्द्रसिंह ऐरी पनि आउट भए। दीपेन्द्रले १८ बलमा मात्र ११ रन बनाउन सके। उनी विकेट किपरद्वारा क्याच आउट भए।

नेपालका लागि सर्वाधिक आरिफ शेखले ३७ बलमा ३८ रन बनाउन सके। त्यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन जोडे। यस क्रममा उनले १ छक्कासँगै १ चौका पनि हिर्काए। अन्य ब्याटसम्यानले गतिलो प्रदर्शन गरेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved