भक्तपुर नगरपालिकाले भौतिक र मानवीय क्षति व्यहोरेकालाई जनही १ लाख रुपैयाँ दिने

नेपालभ्युज

भक्तपुर नगरपालिकाले भौतिक र मानवीय क्षति व्यहोरेकालाई जनही १ लाख रुपैयाँ दिने

भक्तपुर। विपद्मा अंगभंग भएका व्यक्ति वा भौतिक र मानवीय क्षति भएका परिवारलाई १ लाख रुपैयाँसम्म राहत दिने व्यवस्था भक्तपुर नगरपालिकाले गरेको छ।

भक्तपुर नगरपालिकाको एघारौँ नगरसभाले बिहीबार ‘भक्तपुर नगरपालिका, विपद् पीडितलाई राहत निर्देशिका, २०७८’ पारित गर्दै विपद् पीडित परिवारलाई क्षतिको अवस्था हेरी सहयोग गर्ने व्यवस्था गरेको हो।

निर्देशिकामा विपद् पीडित परिवारलाई नगरपालिका प्रमखुले २५ हजार रूपैयाँसम्म दिने व्यवस्थासमेत गरेको छ। भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीहरूलाई प्राकृतिक तथा मानव सिर्जित विपद्हरूका कारण निम्तिने मानवीय तथा धनसम्पत्तिको क्षति भई पीडित भएकालाई राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याएको नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए।

त्यस्तै नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताललाई १०० शैय्या क्षमताको बनाउन आवश्यक पर्ने स्वीकृति लिनको लागि पहल गरिरहेको समेत उनले बताए।

यसबाहेक नगरसभाका सदस्यहरूबीच एमसीसी खारेज गर्नुपर्ने, बिग्रेका सडक बत्तीको मर्मत गर्नुपर्ने, भक्तपुरलाई दिने रासायनिक मलको कोटा वृद्धि गर्नुपर्ने, नयाँ बस्तीमा खानेपानीको उचित व्यवस्थापन हुनुपर्ने, अनुदानको कृषि सामग्री कृषकहरूको पहुँचमा ल्याउन आवश्यक पहल हुनुपर्ने, देको मिवा इतापाके जग्गा एकीकरण आयोजना यथाशीघ्र सम्पन्न गर्नुपर्ने, बिनास्वीकृति सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने, हनुमन्त्ते खोला सफाइ अभियान सञ्चालन गर्नुपन लगायत विषयमा छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved