काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ फागुनमा राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ।
रणनीतिक योजना सार्वजनिक गर्दै स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्म नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्य लिएको बताइन। एचआईभी संक्रमिततलाई समाजले हेर्ने व्यवहारमा परिवर्तन गर्न निकै आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले बताए।
यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले रणनीतिक योजनाले एचआईभी नियन्त्रण गर्न सहयोग गर्ने बताए। उनले एचआईभी रोग स्वास्थ्य रोग मात्र नभएर समाजिक रोग भएकोले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताए।
राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रका निर्देशक डा. संजयकुमार ठाकुरले पाँचौ रणनीतिको मुख्य लक्ष्य भनेकै २०३० सम्म नेपालबाट एचआईभी निवारण गर्ने रहेको जानकारी दिए।
नेपालमा हालसम्म ३७ हजार ५९६ जना एचआईभी संक्रमितत रहेको उनले बताए।
सन् २०२६ सम्म एचआईभी संक्रमिततमध्ये ९५ प्रतिशतमा एचआईभीको अवस्था पहिचान गर्ने, ९५ प्रतिशतलाई उपचारको व्यवस्था गर्ने र ९५ प्रतिशत संक्रमिततमा भाइरसको भार न्यूनीकरण गर्ने बताए।
यस रणनीतिक योजनाले नयाँ एचआईभी संक्रमण र एड्सबाट हुने मृत्युदरम कमि ल्याउँदै एचआईभी संक्रमिततको स्वास्थ्य र समग्र अवस्थाको सुधार ल्याउने रहेको समेत बताए।
“योजनामा नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गर्ने, आमाबाट बच्चामा एचआईभी संक्रमण उन्मुलन गर्ने, जन्मजात भिरङ्गीको केस दरप्रति लाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्ने लक्ष्य राखिएको छ,” उनले भने।”
‘१५ देखि २४ वर्ष उमेर समूहका युवामा एचआईभी व्याप्तता दर ०.०२० प्रतिशत ल्याउने तथा प्रति एकहजार जनसंख्यामा एचआईभी संक्रमण ०.०२० प्रतिशत ल्याउने लक्ष्य रहेको छ। अहिले १५ देखि ४० वर्ष उमेरसमूहमा एचआईभी व्याप्तता दर ०.१३ प्रतिशत रहेको,रणनीतिकमा उल्लेख छ।”
यस्तै अहिले नयाँ संक्रमण दर सबै भन्दब बढि प्रवासीमा २५ प्रतिशत, पुरुषसंग यौन सम्पर्क गर्ने पुरुष र ट्रान्सजेण्डर व्यक्तिमा १९ प्रतिशत छ। यस्तै महिला यौनकर्मीमा ९ प्रतिशत, पुरुष यौनकर्मीमा ८ प्रतिशत र सूईबाट लागु पदार्थ लिने व्यक्तिमा दुई प्रतिशत रहेको रणनीतिमा उल्लेख गरिएको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्च वर्षिय रणनीतिक योजनामा एचआईभी संक्रमणलाई नियन्त्रण गर्ने लक्ष्य लिइएको छ।
Facebook Comment
Comment