धनगढी मेयर एलपीएल-६ : चौथो दिन होलिल्याण्ड र लिटल फ्लावर विजयी

नेपालभ्युज

धनगढी मेयर एलपीएल-६ : चौथो दिन होलिल्याण्ड र लिटल फ्लावर विजयी

धनगढी। धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर–१९ क्रिकेट प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई वटा खेलमा होलिल्यान्ड इंगलिश स्कूल अत्तरिया र लिटल फ्लावर स्कूल धनगढी विजयी भएका छन्।

संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा होलिल्याण्ड इंगलिश स्कूल अत्तरियाले शारदा सरस्वती स्कूललाई २ विकेटले पराजित गर्‍यो।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वती स्कूल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो। शारदा सरस्वतीले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षतिमा १६.२ ओभरमा भेटायो।

होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए। शारदा सरस्वतीका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले समान दुई विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वतीले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। उसको लागि विकास सुनारले सर्वाधिक ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए। होलील्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तिन विकेट तथा अवि नारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे।

दिनको दोश्रो खेलमा आयोजक लिटल फ्लावर स्कूलले स्टेपिंग स्टोन धनगढीलाई ७१ रनले पराजित गर्यो। लिटल फ्लावरले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिंग स्टोनले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ९१ रन मात्र बनाउन सक्यो।

स्टेपिंग स्टोनको ब्याटिंगमा आयुब चन्दले सर्वाधिक ३२ रन तथा बिशाल बिस्ट र भुपेश जोशीले समान १४ रन बनए। लिटल फ्लावरका बलर अनुराग सिंहले दुई विकेट तथा प्रकाश जैसी, सुवास ऐयर र नरेन भट्टले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १६२ रन बनाएको थियो।

लिटल फ्लावरको ब्याटिंगमा ओपनर सुवास ऐरले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडुले समान १२ रन बनाए। स्टेपिंग स्टोनका बलर बिरेन्द्र चन्द र आयुब चन्दले समान दुई विकेट तथा दिनेश ओडले एक विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सुवास ऐर घोषित भए।

प्रतियोगिताअन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा बिहान ९ः३० बजे गुरुकुल र सत्यवती एकेडेमी तथा दोश्रो खेलमा दिउँसो १ः३० बजे सैनिक आवासीय र होलिल्याण्ड प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कूल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कूल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन्। त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कूल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कूल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कूल धनगढी, विद्या भूषण पब्लिक स्कूल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन्।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved