कांग्रेसले १६ जिल्लाको अधिवेशन फेरि सार्‍यो

नेपालभ्युज

कांग्रेसले १६ जिल्लाको अधिवेशन फेरि सार्‍यो

काठमाडौं । नेपाली कांग्रेसले १३ फागुनमा गर्ने भनिएको १६ जिल्लाको अधिवेशन दुुई दिन सारेर १५ गतेलाई तय गरेको छ।

कांग्रेस निर्वाचन समितिको आज बसेको बैठकले १३ गतेका लागी निर्धारित जिल्ला अधिवेशन १५ गते गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको हो। यसअघि पनि निर्वाचन समितिले १६ जिल्लाको अधिवेशन कोभिड संक्रमणका कारण सारेको थियो।

१४ औं महाअधिवेशनको क्रममा हुन नसकेको १६ जिल्लामा मधेश प्रदेशका ८ सहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न बाकी छ ।

१३ फागुनमा कांग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको जन्मदिन परेकाले मधेशका जिल्ला प्रभावित हुन सक्ने भएकाले मिति दुई दिन धकेलिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved