काठमाडौं । शुक्रबारदेखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप ग्लाबोल छनोट खेलका लागि नेपालका १४ सदस्ययी टोली घोषणा गरिएको छ।
क्रिकेट एशोसिएशन ९क्यान० ले नेपालसहित चार देश सम्मिलित टी(२० आई सिरिजमा रहेका १७ खेलाडीबाट कुशल मल्लसहित तीन खेलाडीलाई बाहिर राखेको छ।
१४ सदस्यीय टोलीमा युवा स्टार अलराउन्डर कुशल मल्ल, ओपनर प्रदीप ऐरी र स्पिनर साहब आलम पनि टिम बाहिर रहनेछन्।
तीव्र गतिका बलर करण केसी पनि चोटका कारण बाहिरिएका छन्। उनको स्थान लिएका गुलशन झा भने १४ सदस्य टोलीमा परेका छन्। झा पहिलो पटक टी २०-आईमा परेका हुन्।
यस्तो छ १४ सदस्यीय नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा
वैकल्पिकः कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी
Facebook Comment
Comment