काठमाडौं । राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा भएको लिनिङ्ग ११ औं पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा ललितपुरस्थित नखिपोट कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य जीवन राम श्रेष्ठले गरे।
नेपाल ब्याडमिन्टन संघको १२ औं बरियतामा रहेका महिला खेलाडीबीच भएको प्रतिस्पर्धामा नम्बर एक खेलाडी नङ्गशल तामाङ्ग समूह ए मा आफ्ना दुवै खेलमा जित हात पार्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भएकी छन्। भोजपुरकी तामाङ्गले पहिलो खेलमा एपिएफकी सुनयना मुखियालाई २१–१३, २१–८ले र दोश्रो खेलमा सेनाकी रोज पाण्डेलाई २१–१०, २१–१४ ले पराजित गर्दै लिगमा पहिलो स्थानका साथ क्वाटरफाईनल प्रवेश गरेकी हुन्।
महिलातर्फ सेनाकी रशिला महर्जन, सेनाकै अनुमाया राई, अमिता गिरी र प्रार्थना देउवाले पनि अन्तिम आठमा स्थान बनाएका छन्। त्यस्तै, एपिएफकी सुनैना मुखिया र जेशिका गुरुङ तथा निता लम्साल पनि क्वारटफाइनल पुगेका छन्।
Facebook Comment
Comment