महिला राष्ट्रिय लिग चैत दोस्रो साताबाट चितवनमा हुने

नेपालभ्युज

महिला राष्ट्रिय लिग चैत दोस्रो साताबाट चितवनमा हुने

काठमाडौं । राष्ट्रिय महिला लिग २०७८ का खेलहरू चितवनमा चैत दोस्रो साताबाट शुरू हुने भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच यस विषयमा सम्झौता भएको हो।
सम्झौताअनुसार मैदान व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च भरतपुर महानगरपालिकाले व्यहार्नेछ।

भरतपुर–९ र भरतपुर–१९ मा रहेका रंगशालामा खेलहरू हुनेछन्। महिला राष्ट्रिय लिगमा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved