महासङ्घबीच र प्रिमियर इन्टरनेशनलबीच सहकार्य

‘एक राष्ट्र एक सदस्य’ नीतिअनुरूप महासङ्घले आफ्नो नीति र निर्देशानुसार योग्यता पुगेका विद्यालयलाई सदस्यता प्रदान गर्दै आएको महासचिव राजकुमार कार्कीले जानकारी दिए।

नेपालभ्युज

महासङ्घबीच र प्रिमियर इन्टरनेशनलबीच सहकार्य

काठमाडौं। नेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आईबी वल्र्ड विद्यालयले शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्ने भएको छ ।

इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आईएसएफ)को समन्वयमा विभिन्न उमेर समूहबीच च्याम्पिसनसिप प्रतियोगिता तथा शैक्षिक गतिविधि सञ्चालन गर्न ती दुई संस्थाबीच सहकार्य हुन लागेको हो ।

‘एक राष्ट्र एक सदस्य’ नीतिअनुरूप महासङ्घले आफ्नो नीति र निर्देशानुसार योग्यता पुगेका विद्यालयलाई सदस्यता प्रदान गर्दै आएको महासचिव राजकुमार कार्कीले जानकारी दिए। विश्वका १३१ देश सदस्य रहेको आईएसएफ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको महासङ्घ सदस्य संस्था हो ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको साझेदारी र सहकार्यको औपचारिक घोषणा कार्यक्रममा आईएसएफका अध्यक्ष लरेन्ट पेट्रिङ्काले १९ औँ आइएस जिन्मासाइड स्कुल समर गेम्स सन् २०२२ लाई गरिमामय तुल्याउन सदस्य विद्यालयको क्रियाशीलता र सहभागिता महत्वपूर्ण हुने बताए। उक्त प्रतियोगिता १४ देखि २२ मेसम्म फ्रान्समा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved