आज बाल्यकाल क्यान्सरविरुद्धको दिवस

नेपालभ्युज

आज बाल्यकाल क्यान्सरविरुद्धको दिवस
प्रतीकात्मक तस्वीर

काठमाडौं। आज बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ। बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो।

अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यस वर्षको नारा ‘जीवन रक्षा : तपाईँको हातमा’ रहेको छ। हरेक वर्ष विश्वभर झन्डै दुई लाख आठ हजार जना १९ वर्षमुनिका जनसङ्ख्यामा क्यान्सर हुने गरेको तथ्याङ्क छ।

बालक्यान्सरको उपचार सम्बन्धी सबैजसो सेवा निःशुल्क रहेको तर उपचारमा पहुँचको कमी मुख्य समस्या रहेको डाक्टरको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved