टी–२० वरीयतामा नेपाल एक स्थान तल

नेपालभ्युज

टी–२० वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी–२० वरीयतामा नेपाल तल झरेको छ। आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३ औँ स्थानमा झरेको हो। यसअघि नेपाल १२औँ स्थानमा थियो।

ओमानमा सोमबार सम्पन्न चारदेशीय टी–२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो।

नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो। तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो। सोमबार भएको खेलमा आयरल्यान्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेस्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved