प्रदेश नं १ को नाम ‘विराट’ राख्न माग

नेपालभ्युज

प्रदेश नं १ को नाम ‘विराट’ राख्न माग

विराटनगर । प्रदेश नं १ लाई विराट प्रदेश नामकरण गर्नुपर्ने माग राजवंशी समाज उत्थान समिति (विराट) ले गरेको छ। समितिको यही फागुन ६ गते हुने १५औँ बृहत् भेलापूर्व आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो माग गरिएको हो।

विराट राजवंशीहरु पूर्वी नेपालको आदिवासी भएकाले यस क्षेत्रको सामूहिक पहिचानका लागि प्रदेशको नाम विराट हुनुपर्ने अन्यथा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिइएको छ। समितिका केन्द्रीय अध्यक्ष भुवनेश्र मण्डलले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्नुपर्ने माग गरे।

समितिले विराट राजवंशीलाई राज्यको हरेक अङ्गमा स्थान सुरक्षित गर्नुपर्ने, यस समुदायलाई विराटनगरको प्रथम जातिका रूपमा घोषणा गर्नुपर्ने, प्रदेशसभा सदस्यमा यस जातिलाई समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विराटनगर महानगरपालिका, कटहरी, जहदा बुढीगङ्गा, धनपालथान र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद् बनाउनुपर्ने, यस समुदायको उत्थानका लागि प्रत्येक तह र अङ्गमा छुट्टै आरक्षणको व्यवस्था गनुपर्ने र विराटनगरको भेडियारीस्थित विराट दरबार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेलगायत माग राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved