धादिङ । एक गाग्री पानीको लागि घण्टौँ हिड्नुपर्ने बाध्यता दक्षिणी धादिङस्थित गुर्दमका स्थानीयलाई परेको छ। यस क्षेत्रमा पानीको स्रोतका रूपमा केवल एउटा कुवा छ। जसकारण, स्थानीयले पिउने पानीको चरम समस्या भोग्नुपरेको छ।
६५ घर परिवार बसोवास गर्दै आएका यो गाउँमा गाउँभरिकै लागी जम्मा एउटा मात्र पानीको कुवा छ। पानीको समस्याले गर्दा गाँउका धेरै घर परिवार त दुई–तीन घण्टाको बाटो हिँडेर खोला र खोल्सा धाउन बाध्य छन्।
वर्षातको समयमा आकासको पानी जम्मा गरेर पिउने र अन्य घरायसी काममा पानीको आवाश्यकता पूरा गर्ने गरेको गुर्दमका स्थानीय बताउँछन्।
पानीको सामस्या कै कारण त्यहाँका बालवालिकाहरुको पठनपाठनमा समेत निकै समस्या पर्दै आएको छ। घरका मुलीहरु र बालवालीकाहरु पिउने पानी बोक्न जानुपर्ने भएकोले गर्दा विद्यालय जना नपाउने समस्या पनि त्यतिकै छ। त्यसो त स्वास्थ्य र सरसफाइमा पनि पानीको अभावले गर्दा निकै समस्या उत्पन्न हुने गरेको छ।
पशुपालनका लागि त झनै समस्या भएको बताउँदै गाई भैँसी त पाल्नै छाडेको कतिपय स्थानीयको भनाइ छ। अधिकांश तामाङ्ग समुदायको बसोवास रहेको गुर्दम गाउँमा तत्काल पिउने पानीको ब्यवस्थापनका लागि सरकाले पहल गर्नु पर्ने माग स्थानीयको छ।
Facebook Comment
Comment