नेपालले आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

ओपनर कुशल भुर्तेल र अलराउण्डर कुशल मल्लले यो सिरिजमा पहिलोपटक टिममा स्थान बनाएका छन्।

नेपालभ्युज

नेपालले आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं। नेपालले आयरल्याण्डसँगको टी–ट्वान्टी म्याचमा टस जितेर पहिले फिल्डिङ रोजेको छ। यो खेल ओमानमा जारी चारदेशीय श्रृंखलाको अन्तिम खेल हो।

अल अमिरात क्रिकेट मैदानमा अन्तिम खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ।

ओपनर कुशल भुर्तेल र अलराउण्डर कुशल मल्लले यो सिरिजमा पहिलोपटक टिममा स्थान बनाएका छन्। यस्तै, पहिलो खेलमा मौका पाएका फास्ट बलर अविनाश बोहरा पुनः टोलीमा फर्केका छन्।

सिरिजको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल दोस्रोमा यूएईसँग २५ रनले पराजित भएको थियो।

आयरल्याण्डले पनि ओमानलाई नौ विकेटले हराएको थियो भने दोस्रो खेलका यूएईसँग १३ रनले पराजित भएको थियो।

अंकतालिकामा दुई जितसहित चार अंक रहेको यूएई पहिलोस्थानमा छ। भर्खरै सकिएको खेलमा यूएई ओमानसँग सात विकेटले पराजित भएको थियो।

नेपालले यो सिरिजको उपाधि जित्न आयरल्याण्डलाई भारी अन्तरले हराउनु पर्नेछ।

आगामी शुक्रबारदेखि ओमानमा नै हुने टी–ट्वान्टी विश्वकपको छनोटको तयारी स्वरुप यो सिरिजको आयोजना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved