कामु प्रधानन्यायाधीश कार्कीको आह्वानमा पूर्ण बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका वरिष्ठतम् न्यायाधीश कार्कीले दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाएका हुन्।

नेपालभ्युज

कामु प्रधानन्यायाधीश कार्कीको आह्वानमा पूर्ण बैठक बस्दै

काठमाडौं। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका वरिष्ठतम् न्यायाधीश कार्कीले दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाएका हुन्।

मन्त्रिपरिषद्मा भागबण्डा खोजेको प्रकरणले प्रधानन्यायाधीश राणा विवादित बनेपछि गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशको अध्यक्षतामा फुलकोर्ट बैठक बसेको छैन।

सर्वोच्चमा विवाद रहेकै समयमा सर्वोच्च अदालत नियमावली संशोधन गर्न दुईपटक फुलकोर्ट बैठक बस्यो। त्यस्तै शोक प्रस्ताव र कोभिड संक्रमणका विषयमा निर्णय गर्न पनि फुलकोर्ट बसेको थियो। यसरी बसेको फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश राणा उपस्थित थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved