भ्यालेन्टाइन डेमा एप्पल वर्ल्डको अफर, ६० मिनेट ‘फेस टू फेस’ सर्भिस

नेपालभ्युज

भ्यालेन्टाइन डेमा एप्पल वर्ल्डको अफर, ६० मिनेट ‘फेस टू फेस’ सर्भिस

काठमाडौं। एप्पल वर्ल्र्ड मोबाइलले भ्यालेन्टाइन डेको अवसरमा नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ। कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्यांकन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिने जनाएको छ।

मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा दश हजारदेखि दुई लाख ७५ हजार रूपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा खरीद गर्न सकिनेछ। एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो, कुल प्याड लगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ।

यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताए। भने, “जोडीले नै दुई वटा मोबाइल खरीद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पडलगायत उपहारहरू निशुल्क पाउनेछन्।”

उनका अनुसार यो अफर १ फागुनदेखि एक सातासम्म सञ्चालन हुनेछ। एप्पल वर्ल्ड मोबाइलमा विभिन्न ब्राण्डका स्मार्टवाचसमेत उपलब्ध हुने उनले जानकारी दिए। मल्लका अनुसार एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्रहीले किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरणहरू खरीद गर्न सक्नेछन्।

साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरुको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले जानकारी दिए। सबै प्रकारका ब्राण्डेड एक्सेसरिज तथा म्याकबुक समेत सेवाग्राहीको अगाडि नै मर्मत हुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved