सिन्धुपाल्चोकमा विद्युतीय राहदानी वितरण शुरू

नेपालभ्युज

सिन्धुपाल्चोकमा विद्युतीय राहदानी वितरण शुरू

चौतारा । सिन्धुपाल्चोकमा इ–पासपोर्ट ( विद्युतीय राहदानी ) वितरण थालिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आजबाट इ –पासपोर्ट वितरण सुरु गरेको हो।  जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको अनुसार गत ९ पुसबाट इ– पासपोर्टका लागि आवेदन सङ्कलन गरिएको थियो।

२८६ जना सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ जनाको इ–पासपोर्ट वितरणको क्रममा रहेको अधिकारी खनालले जानकारी दिए। आवेदन दिएको १५ दिनभित्र इ–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved