महाअभियोग प्रस्तावबारे निर्णय गर्न एमालेले डाक्यो संसदीय दलको बैठक

सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

नेपालभ्युज

महाअभियोग प्रस्तावबारे निर्णय गर्न एमालेले डाक्यो संसदीय दलको बैठक

काठमाडौं। सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध २१ बुँदे अभियोग प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायालयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएर सत्तागठबन्धनले महाअभियोग प्रस्ताव गरेको हो।

अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved