क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो

नेपालभ्युज

क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो

फिफा क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ। गएराति ब्रजिलयन क्लब पाल्मिरसलाई २–१ ले हराउँदै फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको हो।

साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियो। ११७ औँ मिनेटमा काइ हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए।
पेनाल्टी क्षेत्रमा कप्तान सिजर एज्पिलिक्वेटाको प्रहार लुआन गार्सियाको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए। त्यसमा हाभर्टज चुकेनन्।
यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो। जारी सिजनमै उसले युइएफए सुपर कपको उपाधि पनि उचालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved